विश्वकप २०२२ का क्रममा तीन पत्रकारकाे निधन

विश्वकप २०२२ का क्रममा कतारमा तीनजना पत्रकारकाे निधन भएकाे छ । 

यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भएकाेमा नोभेम्बर २१ मा तेस्रा पत्रकारको निधन भएको हाे । 

आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।

उनी आफ्नो आठौँ विश्वकपका लागि त्यहाँ गएका थिए । रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १६:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया