बलिउडका अभिनेता विवेक ओवराय बुधबार साँझ काठमाडौं आइपुगेका छन्। उनी आफ्ना परिवारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन्।
एक हप्ता लामो नेपाल बसाइमा उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ। उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायत ठाउँको भ्रमण गर्नेछन्।
विवेकले आफू नेपाल आउन लागेको एक भिडिओ सन्देशमार्फत् जानकारी दिएका थिए। उनलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।