नयाँ क्लबको खोजीमा रहेका रोनाल्डोले थाले प्रशिक्षण
फाइल तस्बिर

नयाँ क्लबको खोजीमा रहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले प्रशिक्षण सुरु गरेका छन् । उनले रियल म्याड्रिडको भलडेबेबासस्थित प्रशिक्षण केन्द्रमा प्रशिक्षण सुरु गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेसँगै अहिले रोनाल्डो क्लबविहीन छन् । उनले विश्वकपको मुखमै क्लबसँगको सम्झौता तोडेका थिए ।   

केही दिनअघि ३७ वर्षीय रोनाल्डोले साउदी अरबको क्लब अल नासरले अफर गरेसँग सम्झौता गर्ने खबर सञ्चारमाध्यमका आएका थिए । तर, विश्वकपको क्रममा उनले साउदी क्लबसँग सम्झौता नभएको जनाएका थिए ।

पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो । सो हारसँगै रोनाल्डोको विश्वकप सपना पनि समाप्त भएको छ । उनले यसअघि नै यो नै आफ्नो लागि अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ११:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया