गुठी विधेयक ल्याउने सरकारको तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको बताएकी छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारीसम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले सुरु गरिरहेको बताइन् । 

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्यकेन्द्रित सहकारी विकास गरेर जाने र समस्याग्रस्त सहकारीहरुको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन् । 

मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उदेश्य, मर्म र भावनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै यसअनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन् । 

सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै उनले त्यसतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिइन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारीसम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया