भेनेजुएला सङ्कट
भेनेजुएलाका राष्ट्रपति मदुराेकाे दाबी- ट्रम्प सरकार अतिवादीहरुकाे 'ग्याङ'
एजेन्सी- भेनेजुएलाका राष्ट्रपति निकाेलस मदुराेले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे सरकारलाई अतिवादीहरुकाे ग्याङकाे संज्ञा दिएका छन् र भेनेजुएलाकाे मन्दी तथा सङ्कटका लागि अमेरिकालाई जिम्मेवार ठहराएका छन् ।बिबिसीसँगकाे एक अन्तर्वार्तामा मदुराेले अमेरिकाले आफ्नाे प्रपाेगान्डा प्रचार गरेकाे र भेनेजुएलामा प्रभाव जमाउन मानवीय सहयाेगकाे वाहना बनाएकाले आफूले त्याे सहयाेग अस्वीकार गर्ने बताएका छन् । 'उनीहरु भेनेजुएलामाथि कब्जा जमाउन वाहाना बनाइरहेका छन्,' उनले अन्तर्वार्तामा भनेका छन् ।अमेरिका र उसका सहयाेगी अन्य देशहरुले आफैंलाई राष्ट्रपति घोषणा गरेका जुआन गुआइदाेलाई अन्तरिम राष्ट्रपति मानेका छन् । उनले मंगलबार पनि प्रदर्शन गर्दै अहिलेका राष्ट्रपति मदुराेकाे राजीनामा माग गरेका छन् ।अर्काेतिर मदुराेलाई तत्काल राष्ट्रपतीय निर्वाचन आह्वान गर्न अन्तराष्ट्रिय दबाब पर्न थालेकाे छ । मदुराेविरुद्ध प्रदर्शन गर्दै गुआइदाेले आफैंलाई अन्तरिम राष्ट्रपति घाेषणा गरेपछि सबैभन्दा सुरुमा अमेरिकी राष्ट्रपतिले उनलाई मान्यता दिएका थिए ।ट्रम्पले त्यहाँ सैन्य कू हुनुपर्ने अभिव्यक्ति दिएपछि मदुराेले अमेरिकासँगकाे कुटनीतिक सम्बन्ध अन्त्य भएकाे घाेषणा गरे ।    बिबिसीसँगकाे विशेष अन्तर्वार्तामा मदुराेले ह्वाइट हाउसमा भएकाे अतिवादीकाे समूहलाई विश्वभरकाे जनमतले जितेकाे बताएका छन् ।  



  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार २३:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया