नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।
गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताए । उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए ।
उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए । त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।