मेसीले भने– अहिले म सन्न्यास लिन्नँ

आइतबार राति भएको खेलमा फ्रान्सलाई स्तब्ध पार्दै विश्वकप ट्रफी उचालेको अर्जेन्टिनामा यसको रौनक निकै छाएको छ । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले आफूलाई यो समयका उत्कृष्ट फुटबलर सावित गरेका छन् ।

विश्वकपको ट्रफी मेसीले चुमेसँगै उनको फुटबल करिअरको सुखद अन्त्य भएको पनि अनुमान धेरैले गरेका छन् । मेसीले फुटबलबाट सन्न्यास लिनसक्ने अनुमान गर्दै उनको फुटबल करिअर अहिले उत्कर्षमा पुगेको अनुमान गरिएको होे । 

तर, मेसीले आफूले तत्काल सन्न्यास नलिने बताएका छन् । 

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप जिताएर इतिहास कायम गरेका मेसीलाई अर्जेन्टिनाको एक टिभीले प्रश्न गरेको थियो । प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म फुटबललाई प्रेम गर्छु, म जे गर्छु फुुटबलमा नै गर्छु ।’

उनले आफू अर्जेन्टिनाको राष्ट्रिय टिममा नै रहने बताएका छन् । ‘मलाई राष्ट्रिय टिममा नै रहेर थप केही खेलहरु खेल्न मन छ, विश्व च्याम्पियनका रुपमा थप केही खेल खेल्न मन छ, त्यसको अनुभव लिन मन छ,’ मेसीले भनेका छन् ।

पाँचौ पटक विश्वकप खेलेका मेसीले फाइनलमा दुई गोल गरे । अन्तिममा पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे ।



विश्वकपमा उनले गोल्डेन बल जिते, उनी उत्कृष्ट खेलाडी भएकाले यो अवार्ड उनलाई दिइएको हो । सन् २०१४ मा पनि उनले यो उपाधि पाएका थिए । उनले यो विश्वकपमा ७ गोल गरे ।

अर्को विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् र उनले यसअघि नै कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरेका थिए । तर, लियोनल स्कालोनीले २०२६ को अर्जेन्टिनी स्क्वायडमा पनि मेसी हुने बताएका छन् ।



  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ८:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया