जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । 

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न भने आज पुनः बैठक बोलाइएको जनमतका नेता बीपी साहले जानकारी दिए । 

प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीबाट प्रत्यक्षतर्फ राउत सप्तरी क्षेत्र नं. २ बाट भारी मतान्तरले विजयी भएका थिए । त्यस्तै, समानुपातिमा जनमत पार्टीले पाँच सिट प्राप्त गरेको छ । ​





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १०:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया