दोहोरो अंकले उकालो लाग्याे नेप्से परिसूचक

मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक १४ दशमलव २२ अंकले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अंकले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । 

आजको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार नौ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३८ लाख ३७ हजार दुई सय १८ बराबर को शेयर खरिद बिक्री भएका छन् । 

त्यस्तै सिभिल बैंक रु चार करोड तीन लाख ७० हजार तीन सय २८, हिमालयन डिस्टिलरी रु तीन करोड ८२ लाख ५९ हजार चार सय आठ, नबिल बैंक रु तीन करोड ३६ लाख ९२ हजार दुई सय ५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको रु दुई करोड ८२ लाख १९ हजार आठ सय १८ बराबरको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसबाहेक सिवाइसिएल लघुवित्त सात दशमलव ६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७१ प्रतिशतले बढेको छ । 



त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको चार दशमलव ६७, गरिमा विकास बैंकको ऋणपत्र तीन दशमलव ९४, फरवार्ड माइक्रोफाइनान्सको दुई दशमलव ५१, लिवर्टी इनर्जीको दुई दशमलव ३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य दुई दशमलव २७ प्रतिशतले घटेको छ । 



  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १६:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया