माधव नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ ।  

नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधूप गरेका नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ ।

छातीको सङ्क्रमण कम नहुँदासम्म नेपाल केही दिन अस्पतालमै बस्ने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १०:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया