लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संसदीय दलको नेत ाचयन गरेको छ । लोसपाले आफ्नो अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गरेको हो ।
उनी बुधबार संसदीय दलका नेत ाचयन भएका हुन् ।
प्रतिनिधि सभामा लोसपाका प्रत्यक्षबाट निर्वाचित ४ जना सांसद रहेका छन् ।
४ मंसिरमा भएको निर्वाचनमा लोसपाले ७ ठाउँमा उम्मेदवारी दिएको थियो । यो दलले समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेकाले समानुपातिकको तर्फबाट एक सिट पनि पाएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।