फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । बिहीबार छापावाल सुन तोलामा ३ सय रूपैयाँ बढेर एक लाख एक हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँ कायम भएको थियो । 

आज तेजाबी सुनको मूल्य प्रति तोला एक लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार ११:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया