विशेष अदालतको फैसला सर्वोच्चले उल्टायो,  एसपी यादव दोषी ठहर
फाइल तस्बिर

सर्वोच्च अदालतले सिन्धुपाल्चोकमा प्रहरी प्रमुखका रूपमा कार्यरत नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

२०७० मा रुपन्देहीमा कार्यरत रहँदा अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले ०७१ मा उनलाई निर्दोष साबित गरेको थियो ।

तर साढे सात वर्षपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १६:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया