अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।

सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पठाइएको सूचना, जसको एक प्रति एएफपीद्वारा प्राप्त गरिएको, मा भनिएको छ, ‘इस्लामी हिजाबको पालन नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको छ ।’ 

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघसंस्थासँग आग्रह गरेको छ ।   





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ७:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया