बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् । प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ ।
सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।