सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा शक्ति बाँडफाँटको विषयमा नेताहरू सहमति जुटाउने अन्तिम प्रयासमा छन् । 

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७  दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले नेताहरू आज बिहानैदेखि पद भागबण्डाका लागि छलफल गरिरहेका हुन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको थियो । त्यसअघि देउवा र प्रचण्डले पार्टीका अन्य नेताहरूसँग पनि कुराकानी गरेका थिए ।

गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता सहमत भए पनि पद बाँडफाँटमा भने सहमति हुन सकेको छैन ।

कांग्रेसले प्रमुख दलका हैसियतले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ । माओवादीले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री नपाए गठबन्धनबाट बाहिरिने चेतावनी पनि दिइरहेको छ ।

कांग्रेस–माओवादी आफ्नो अडानबाट लचिलो नबनेपछि यसअघिको छलफलमा सहमति जुट्न सकेको थिएन । आजको बैठक भने निर्णय गरेर सकिने नेताहरूको भनाइ छ ।





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ११:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया