पेलेको परिवार साओ पाउलोको अस्पतालमा

ब्राजिलका महान फुटबलर पेलेका परिवारका सदस्य साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि ८२ वर्षीय पेले क्यान्सरसँग सङ्घर्ष गरिरहेका छन् । 

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन् । दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन् । 

पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसको केही घण्टापछि सान्तोसका पूर्वगोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर लेखेका छन्, ‘बुबा मेरो बल तपाईँको हो ।’ 

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ७:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया