प्रचण्डलाई बधाई दिन खुमलटार पुगे बाबुराम दम्पती

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । भट्टराई र उनकी श्रीमती हिसिला यमी प्रचण्डलाई बधाई दिन आज बिहान खुमलटार पुगेका थिए ।

‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ,’ प्रचण्डसँगको भेटपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

४ मंसिरको निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव लडेको थियो । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १०:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया