logo-img

अस्थायी शिक्षकहरूले पाउने भए गोल्डेन हेण्डसेकको अर्को मौका

अस्थायी शिक्षकहरूले गोल्डेन हेण्डसेकको अर्को मौका पाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विगतमा दिइएको सेवा सुविधामा छुटेकाहरूले ३० दिनभित्रमा शिक्षा विकास तथा समन्वय इकाईमार्फत आवेदन दिन सकिने जनाएको छ ।

२०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० बमोजिम स्वतः अवकाश भएका शिक्षकहरूका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५ चैत्र ११ को सचिवस्तरीय निर्णय अनुसार सेवा सुविधा दिने निणय गरेको थियो ।



अझै पनि उक्त सुविधा नपाएका शिक्षकहरूले आवश्यक कागजातसहितको फाइल सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमार्फत ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा पेस गर्नुपर्नेछ । उक्त सुविधाका लागि निवेदन दिने शिक्षकहरूको आवश्यक कागजात सहितको विवरण तोकिएको अवधिभित्रै रूजु तथा प्रमाणित गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई समेत निर्देशन दिएको छ । 

त्यसका लागि निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित तहको शैक्षिक योग्यताको प्रमाणपत्र, सम्बन्धित तहको नियुक्ति पत्र र समर्थन पत्र/अभिलेखिकरणको पत्र पेस गर्नुपर्नेछ ।  सुविधा प्रदान गर्ने प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने आधारहरू समेत तोकिएका छन् ।

त्यसका लागि शुद्ध रिक्त दरबन्दीमा अस्थायी नियुक्ति पाई अविछिन्न रूपमा कार्यरत भई परीक्षाको आवेदन दिन अन्तिम मितिसम्म हुन आउने अवधिलाई आधार मानिनेछ । त्यस्तै स्थायी शिक्षकको पदप्रर्तिको कारणबाट २०७३ असार १५ पछि विस्थापित सट्टा वा अस्थायी शिक्षकको हकमा नियुक्ति पाई विस्थापित भएको मितिसम्मको निरन्तर सेवा अवधि समेत गणना गरिनेछ । 

यसरी सेवा प्रमाणित गर्दा गलत विवरण प्रमाणित गरेको भन्ने प्रमाणित भएमा विभागीय कारबाही हुने समेत चेतावनी दिइएको छ । त्यस्तो हुन नदिनको लागि अभिलेखसँग भिडाई मात्र गर्न केन्द्रले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया