सैनिक कारबाहीमा बोको हरामका १ सयभन्दा बढी लडाकू मारिए

नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका १ सयभन्दा बढी लडाकू मारिएका छन् । 

बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाकू मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन् । 

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौं लडाकू मारिएका, केही जीवित लडाकू मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को कारबाहीमा उनीहरू पनि मारिएका उनले बताए । दर्जनौँ लडाकूको अवस्था गम्भीर छ । 

सैनिक कारबाही सफल भएको तथा एक सयभन्दा बढी आतङ्ककारीलाई निष्प्रभावी गरिएको सैनिक प्रवक्ताले दाबी गरेका छन् ।  





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ६:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया