जनमत पार्टीमा दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई

मधेस प्रदेशसभामा पहिलोपटक प्रवेश गर्न लागेको जनमत पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ । 

सो पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरिएको थियो । 

मधेस प्रदेशसभामा १३ सिटसहित बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, बसन्त कुशवाहा, सतिश सिंह, महेश कुमार यादव लगायतका नेता आकांक्षी हुन् ।





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १७:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया