दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको सञ्चार माध्यमले लेखेका छन् ।

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ ।  दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए ।   दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो । 

प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ ।  





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १५:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया