एकीकृत समाजवादीका प्रवक्ता भन्छन् : कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि बढेको छैन

एकीकृत समाजवादी र एमालेबीच पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् ।

कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन नहुने उल्लेख गर्दै उनले भनेका छन्,‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन ।’

उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । पार्टीले सुदृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियान कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको उनले बताए । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उनले बताए । 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १६:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया