मर्स्याङ्दी नदीमा बेपत्ता भए सशस्त्र प्रहरी जवान अनन्त महत

सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन्। 

उनी शुक्रबार बिहान साढे १०बजे मर्स्याङ्दी गाउँपालिका–४ काभ्रेभिरबाट बेपत्ता भएका हुन्। भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए। नदीमा बेपत्ता उनको खोजी जारी छ।

उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग१ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ। 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १६:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया