गंगा नदीमा डुंगा पल्टिँदा सातजना बेपत्ता

भारत बिहारको गंगा नदीमा डुंगा पल्टिँदा सातजना बेपत्ता भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

शेरपुरबाट दाउरा, घाँस, पराललगायतका सामान ल्याउँदै गर्दा डुंगा दुर्घटनामा भएको प्रहरीको भनाइ छ। १४ जना सवार डुंगामा ७ जना सकुशल बाहिर निस्केका थिए भने सातजना बेपत्ता भएका हुन् ।

डुंगा किनारमा आएर नदीको किनारमा ठोक्किएर पल्टिएको थियो। जसकारण डुंगामा सवार मानिसहरू नदीमा डुबेका थिए। तीमध्ये ७ जना पौडी खेलेर बाहिरिएका छन्।

अहिले एनडिआरएफ र एसडिआरएफको टोली बेपत्ताको खोजीमा लागेका छन्। यो घटना दिउँसो साढे १ बजदेखि २ बजेतिरको हो।

यस्तै, घटना यसै वर्षको सेप्टेम्बरमा मनोरमा भएको थियो। त्यसबेला पनि पराल बोकेर फर्किँदै गर्दा शेरपुर घाटमा दुईवटा डुंगा आपसमा ठोक्किएका थिए।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १९:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया