नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइमान गरेको बताएका छन् । स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद गुरुङले नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको बताए ।
४६औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस स्याङ्जाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले २० वर्ष गठबन्धन कायम राख्ने भनेर बोलेका प्रचण्डले अहिले आएर धोका दिएको बताए।
नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले भने, ‘सरकारमा रहँदा मात्र विकास हुने होइन, जिम्मेवार प्रतिपक्षमा रहेर पनि विकास गर्न सकिन्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।