कंगोमा पहिरोमा परी १० कामदारको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि यो प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।

पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका  १० जनाको मृत्यु, नौ जना घाइते र बेपत्ता छन् । अधिकांश पीडितहरू कारीगर खानीका रहेका बताइएको छ । दुई खानी साइटहरूमा बारम्बार पहिरो आउने गरेको बताइएको छ । 

दश जनाको मृत्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताएका छन् । अन्य शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको उनले बताएका छन् । 

डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ ।   





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १३:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया