अर्थमन्त्री पौडेलले भने - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपूर सदुपयोग गर्नुपर्छ, अर्थ मन्त्रालयको सहयोग हुन्छ

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

आज आइतबार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपूर सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रूपका विकास गर्न लाग्नुपर्ने बताए । उनले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

उनले भने, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’

अर्थमन्त्री पौडेलले विमानस्थलको निर्माणमा योगदान पुर्‍याएको भदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको स्मरण गरे । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पौडेलले देशलाई राजनीतिक स्थायित्व दिई सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिए ।

कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुने दाबी पनि गरे । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १४:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया