पारिश्रमिकमा सहमति जुटेपछि लिग खेल्न तयार भए खेलाडी

पारिश्रमिकको विषयमा नेपाल क्रिकेट संघ (क्यान) र टिम मालिकबीच सहमति भएपछि खेलाडी नेपाल टी–२० लिग खेल्न तयार भएका छन् । पारिश्रमिक नपाएपछि खेलाडीले आजदेखि लिग खेल्न नसक्ने बताएका थिए । 

सोही विषयका कारण काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घण्टा ढिला सुरु भएको छ । यी दुई टोलीबीचको खेल ९ ओभरमा झारिएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं नाइट्सले ४ ओभरमा ३ विकेट गुमाएर ३९ रन बनाएको छ ।

आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स लुम्बिनी अल स्टार्स प्रतिस्पर्धा गर्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार ११:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया