राष्ट्रिय सहमति आजको आवश्यकता : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा उनले प्राप्त उपलब्धि संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए ।

‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धि रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ,’ उनले भने, ‘अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।’  

संविधान निर्माणपछि केही समूहहरू अस्थिरताका लागि काम गर्दै आएको भन्दै नेता पौडेलले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ ।

कांग्रेस र माओवादी केन्द्रलगायत दलहरूबीचको गठबन्धन भत्किँदा कांग्रेसले सत्ता गुमाएको तर त्योभन्दा ठूलो अस्थिरता निम्तिने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको पौडेलको भनाइ छ ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १३:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया