अहिलेको गठबन्धनप्रति जनता विश्वस्त नभएको कमल थापाकाे टिप्पणी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको गठबन्धनप्रति जनता विश्वस्त नभएको बताएका छन् । मुलुक थप जटिल मोडतर्फ जान सक्ने उल्लेख गर्दै उनले भने,‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पूर्णकालिन नहुनेतर्फ आशंका छ।’

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्नेसमेत बताए। मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्ति चनाखो हुनुपर्नेमा उनले जोड दिए। 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यतातापूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको टिप्पणी थियो।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १८:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया