शरद र आरिफको एक स्वर : सन्दीपले न्याय पाउनुपर्छ

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय शरद भेषावकर र आरिफ शेखले पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।

उनीहरूले सामाजिक सञ्जालमार्फत सन्दीपलाई न्याय मिल्नुपर्ने बताएका हुन् । शरद र आरिफले ‘जस्टिस फर सन्दीप लामिछाने’ भन्दै फेसबुकमा लेखका छन् । 

‘न्याय भनेको हरेक मानिसलाई उसको हक बाँड्ने निरन्तर र स्थायी इच्छा हो । मृतकहरूले न्यायको लागि कराउन सक्दैनन् । तिनीहरूका लागि त्यसो गर्नु जीवितहरूको कर्तव्य हो । उहाँलाई जतिसक्दो चाँडो न्याय होस् । र, देशभक्त व्यक्तिले फेरि हाम्रो राष्ट्रलाई गौरवान्वित गर्न सुरु गरुन् भन्ने कामना गर्दछु,’ आरिफले फेसबुकमा लेखेका छन् । 

नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले अहिले जेल सजाय भोगिरहेका छन् । गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । 

१४ पुसमा उक्त पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १०:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया