चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखलाई हेडक्वार्टर बोलाएर महानिरीक्षक अर्यालले गरे सीमामा तस्करी नियन्त्रणबारे छलफल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिलाई हेडक्वार्टर बोलाएका छन्। उनले सीमामा तस्करी नियन्त्रणबारे छलफल गर्न उनीहरूलाई हेडक्वार्टर बोलाएका हुन् ।

अर्यालले प्रदेश १ का डिआइजी कमल गिरी, मधेस प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेशका प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई हेटक्वार्टरमा बोलाएका हुन्। 

प्रधानमन्त्री र अर्थमन्त्रीले राजश्व सन्तोषजनक रुपमा उठ्न नसकेको गुनासो गरेपछि आइजिपी अर्यालले प्रदेश प्रहरी प्रमुखलाई नै हेडक्वार्टर झिकाएर छलफल सुरु गरेका हुन्। छलफलमा सीमानामा तस्करी रोक्ने कार्यलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भएकाे बताइएकाे छ । 

महानिरीक्षक अर्यालले राज्यलाई परेको आर्थिक संकट टार्न सीमामा खटिने जनशक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकाे सशस्त्र प्रहरी स्राेतले जानकारी दियाे ।





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १७:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया