आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै संकटा फाइनलमा

संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। साविक विजेता एपिएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हाे । 

पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे।

संकटाका लागि गाेल गर्नै दुवैजना विदेशी खेलाडी हुन्। सेमिफाइनल खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलको ४२ औं मिनेटमा संकटाकै अर्का खेलाडी मेसुके ओलामाउले अर्को गोल गर्न सफल भए। त्यसैगरी, खेलको ६०औं मिनेटमा पुन: स्टेफन बिनोङले दोस्रो गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए।

एपिएफका खेलाडीले भने पटक-पटक पाएको अवसर गुमाएका थिए। खेलको ७३औं मिनेटमा हरि कार्की एपिएफका लागि पहिलो गोल गर्न सफल भएका थिए।

तर, ८५औं मिनेटमा संकटाका खेलाडी मेसुकेले पुन: अर्को गोल गर्दै संकटाकाे ४-१ काे जित पक्का गरे। 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १८:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया