नटिङ्घम फरेस्टकाे जितमा अवोनीको निर्णायक गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति सम्पन्न खेलमा नटिङ्घमको जितमा ताइवो अवोनीले निर्णायक गोल गरे ।

उनले खेलको २७औँ मिनेटमा गोल गरेका थिए । यो जितसँगै नटिङ्घम १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ ।

पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । गएराति नै भएका खेलमा एस्टन भिल्ला र उल्भ्सले एक/एक गोल तथा लिड्स युनाइटेड र वेस्ट ह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार ७:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया