नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु, दुई दर्जन भन्दा बढी संक्रमित
फाइल तस्बिर

नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी संक्रमित भएका छन् । 

बिरामी भएका बालबालिकामध्ये बुधबार एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार त्यहाँ अहिलेसम्म २५ जनाभन्दा बढी बिरामी फेला परिसकेका छन् ।

नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरिसकेको छ । 

गत शनिबार नेपालगन्ज उपमहानरपालिकोको वडा नम्बर–५,स्थित एउटै परिवारका ४ बालबालिकामा दादुरा भएको फेला पारेका थिए ।  नेपालगन्ज वडा नम्बर ५, ७, ८, १०, १५, २२ मा दादुराको बढी संक्रमण देखिएको छ ।  





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १४:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया