संसदीय दलको नेता चयनका लागि लोसपा मधेस प्रदेशले बोलायो बैठक

लोकतान्त्रिक समाजादी पार्टी (लोसपा) मधेस प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको नेता चयनका लागि लोसपाले शुक्रबारका लागि बैठक बोलाएको हो ।

लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो । बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामा जाने सो पार्टीको तयारी छ । 

लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सर्वाधिक सम्भावित व्यक्ति हुन् । यसअघि पनि उनी नै संसदीय दलका नेता रहेकाले फेरि उनको नाममा सहमति हुने सम्भावना छ । 

अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि संसदीय दलको नेता हुने दाबी नगरेकाले पनि सोनलको सम्भावना देखिएको हो । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १६:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया