जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गरिने भएको छ ।
जसपाका नेता लालकिशोर साहको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि तयारी गरेको हो ।
जनकपुरधाममा बिहीबार संसदीय दलको नेता चयनका लागि सांसदहरूको बैठक बसेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए । उनले बिहीबारको बैठकमा संसदीय दलको विधान पारित गरिएको जानकारी दिए । अब शुक्रबार दलको नेता चयन गरिने साहले बताए ।
उनले भने, ‘जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको छ ।’
मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।