कार्यदलले आज न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाउने

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठन भएको नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । उक्त मस्यौदा आज शीर्ष नेताहरूलाई बुझाउने भएको छ । 

न्यूनतम साझा कार्यक्रमको बारेमा सहमति गरेको कार्यदलले शीर्ष नेतालाई जिम्मा लगाउने अधिकार संयोजक तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलललाई दिएको थियो । 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे  नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका छन् । 

गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायतका विषय मस्यौदामा समेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा पनि सरकारमा रहेका दलहरू सहमत भएका छन् । 
 





  • प्रकाशित मिति : पुस २३, २०७९ शनिबार ९:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया