एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटिएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो, तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । 

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटिएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १५:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया