२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशमा नेकपा एमाले नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक  थियो। उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ।



एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा र जनमतका तीन–तीन सांसदले समर्थन गरेका थिए । यस्तै, कांग्रेसका २७, लोसपाका तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई स्वतन्त्र सांसद छन्। 





  • प्रकाशित मिति : २७ पुस, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया