सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक आन्दोलित
फरकधार / २७ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् । ज्येष्ठ नागरिकहरूले बुधबार नगरप्रमुख र उपप्रमुखको पुत्लासमेत जलाएका छन् ।
 
नेपाल सरकारद्वारा ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले ६–७ महिनादेखि उपलब्ध नगराएकोले उनीहरू बाध्य भएर आन्दोलित भएका हुन् ।



स्थानीय भोला दासको अध्यक्षतामा ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी पुस २४ गते आइतबारेदेखि ज्येष्ठ नागरिक आन्दोलित भएका हुन्।



संघर्ष समितिले ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगराइन नगरपालिकाले अझै उपलब्ध नगराएकोले बाध्य भएर आन्दोलनमा उत्रेको समितिका उपाध्यक्ष जागेश्वर सादाले बताए ।



ज्येष्ठ नागरिकहरू ९ सदस्यीय ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी आन्दोलित बनेका छन् ।







  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार २०:५७:५४,   अन्तिम अपडेट : पुस २७, २०७९ बुधबार २१:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया