रचना र भीमको स्वर रहेकाे 'दिलराजा'मा गरिमा र सुधीरकाे अभिनय

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज गरिएकाे छ ।

सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुव्रत आचार्य अतिथि कलाकारको रुपमा छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १६:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया