कृष्णपुर नगरपालिकामा ‘नागरिकसँग मेयर कार्यक्रम’ सुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर कार्यक्रम’ सुरु गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख हेमराज ओझाले उक्त कार्यक्रमको सुरुवात गरेका हुन् । 

‘नागरिकसँग मेयर कार्यक्रम’ को पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल ) बनाउने उद्देश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडामा पुग्नेछ । त्यसक्रममा रक्तचाप जाँच गरिनुका साथै दिर्घरोग, महिलाको आङ खस्ने समस्या, मिर्गौला रोगी, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मुटुरोग, दम, स्पाइनल इन्जुरी, हेड इन्जुरी, अपाङ्गता, सिकल सेल एनिमिया, थालेसिमिया, क्रोनिल लिभर डिजिज, मष्तिस्कघात, जटिल किसिमको बर्न, मानसिक रोगलगायत नसर्ने रोगको विवरण संकलन गरिने नगरप्रमुख ओझाले जानकारी दिए । 

दोस्रो चरणमा आवश्यकताअनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडि बढाइने उनले बताए । कृष्णपुर नगरपालिकाका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो कार्यकालभित्रै नगर अस्पताल पनि सञ्चालनमा ल्याइने नगर प्रमुख ओझाको भनाइ छ । 

हाल कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको कृष्णपुर स्वास्थ्य चौकीले २४सैंं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । त्यस्तै नगरपालिकाले गर्भवती महिला, दिर्घरोगी, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा, आवश्यकताअनुसार नगरबासीलाई निःशुल्क रगत सेवा दिँदै आएको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १८:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया