पहिले प्रदेशमा मन्त्री, अहिले मुख्यमन्त्री

सात वटै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । यसपटक प्रदेशको नेतृत्व पाएका अधिकांशसँग यसअघि कार्यकारी भूमिकामा रहेर काम गरेको अनुभव पनि रहेको छ । कतिपयसँग त प्रदेशमै मन्त्री बनेर काम गरेको अनुभवसमेत रहेको छ ।

प्रदेश नं. १ मा मुख्यमन्त्री नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका हिक्मतकुमार कार्की बनेका छन् । विद्यार्थी जीवनबाटै राजनीति यात्रा सुरू गरेका कार्कीसँग अघिल्लो पटक सोही प्रदेशमै मन्त्री बनेर काम गरेको अनुभव छ ।

झापा क्षेत्र नम्बर ५(१) बाट २०७४ सालमा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका कार्की त्यसबेला प्रदेश १ को पहिलो मन्त्रिपरिषद्‍मा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेर काम गरेका थिए । यसपटक भने कार्की मुख्यमन्त्री बन्न सफल भएका छन् । 

मधेस प्रदेशको मुख्यमन्त्री बनेका सरोजकुमार यादव सँग पनि पटकपटक कार्यकारी पदमा पुगेर काम गरेको अनुभव छ । लामो राजनीतिक अनुभव रहेका यादवले संघीयता आएपछि पनि केन्द्र तथा प्रदेशको कार्यकारी भूमीकामा रहे । संघीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका यादव यसअघि मधेस प्रदेशकै सभामुख बन्न सफल भएका थिए । 

यादव २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए । यसपटक एमाले र जसपाबीचको चुनावी तालमेल गरेर बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएर दोस्रो पटक निर्वाचित भएका हुन् । सोही प्रदेशमा पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसकेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री बनेका हुन् । 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बने । धादिङ १ (ख) बाट निर्वाचित उनी यस अघि पनि प्रदेशमै कार्यकारी भूमिकामा रहेका मध्यका एक हुन् ।  उनी यस अघिको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 



लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसँग पनी प्रदेशमै काम गरेको अनुभव छ । यसपटक निर्वाचित गिरी २०७४ सालको निर्वाचनमा पनि निर्वाचीत भएका थिए । रूपन्देहीको क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरीले कार्यकारी भूमिका निर्वाह गर्न पाए । केही समय आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी पाएका गिरी पछि प्रदेशको उद्योग वन, पर्यटन, वातावरण मन्त्री बनेका थिए। 



२०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित गिरीले यस पटक भने प्रदेशको नेतृत्व सम्हाल्न पाएका छन् ।

  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १३:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया