logo-img

मधेस प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी

मधेस प्रदेशको सभामुखका लागि दुईजना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने कांग्रेसका राय सर्लाही २(क) बाट निर्वाचित भएका हुन् । 



मण्डलको प्रस्तावकमा माओवादी केन्द्रको संसदीय दलका नेता भरत साह, समर्थकमा जनमतको संसदीय दलका नेता महेश प्रसाद यादव, लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामअशिष यादव र नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव रहेका छन् भने कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र समर्थकमा जिवछी देवी यादव छन् ।

मधेस प्रदेशको सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ ।





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया