\
केही महिना यता घट्दै गएको कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् ।
चीनमा जिरो कोभिड पोलिसी हटाए पछि त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
चीनको स्वास्थ्य मन्त्रालयका अनुसार ८ डिसेम्बरदेखि १२ जनवरीसम्म ६० हजार मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यीमध्ये अधिकांशको उमेर ६५ वर्षभन्दा माथि रहेको जनाइएको छ ।
आजसम्म चीनमा ९० करोड मानिसमा कोरोनाभाइरस संक्रमण भएको बताइएको छ ।
चीनमा कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि छिमेकी देश भारतमा पनि कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । भारतमा शुक्रबार मात्र १ सय ९० जनामा कोरोनाभाइरस संक्रमण भएको बताइएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण ५ लाखभन्दा धेरैको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।