‘केही व्यक्तिले मलाई काम गर्न दिएका छैनन्’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । उनले त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको पनि जानकारी दिए ।

‘सुटिङ चलिरहेको दृश्य पहिल्यै नै खिचेर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ,’ शुक्रबार निर्माताहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै केसीले भने ।

उनले बोर्ड अध्यक्षका रूपमा ६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे ।

‘कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्’, अध्यक्ष केसीले भने, ‘मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्नेछु । चलचित्र क्षेत्रलाई प्रबर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।’ 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ७:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया