मौसमको गढबडीका कारण राष्ट्रपतिको उडान अवरुद्ध

काठमाडौं– सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनका लागि सोल्खुम्बु पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी मौसमको गढबडीका कारण उतै रोकिएकी छिन् । राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको छ । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि उडेकी थिइन् । तर, खराब मौसमका कारण १५ मिनेटमै उनी चढेको हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको छ । अहिले हेलिकोप्टर सेनाको गुल्ममा छ भने राष्ट्रपति विमानस्थलनजिकैको होटलमा रोकिएकी छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १८:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया