अफगानिस्तानमा पूर्वसांसदको गोली हानी हत्या

अफगानिस्तानमा एकजना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । आइतबार भएको आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो । आक्रमणमा नविजादाका सुरक्षा गार्ड पनि मारिएका छन् । त्यस्तै, उनका भाइ घाइते भएका छन् । 

सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए । नविजादा भने स्वदेशमै बसिरहेकी थिइन् ।

उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् । तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ११:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया